कर्मचारीमा कोरोना सङ्क्रमणः वैदेशिक रोजगार कार्यालयको सेवा बन्द • Image Khabar Image Khabar


कर्मचारीमा कोरोना सङ्क्रमणः वैदेशिक रोजगार कार्यालयको सेवा बन्द


Imagekhabar
१४ आश्विन २०७७, बुधबार १३:०३

कर्मचारीमा कोरोना सङ्क्रमणः वैदेशिक रोजगार कार्यालयको सेवा बन्द

काठमाडौं । कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालय ताहचल काठमाडौंको सेवा बन्द गरिएको छ ।

कार्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना देखिएपछि अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरिएको कार्यालयले जनाएको छ । आजदेखि श्रम स्वीकृति प्रदान गर्ने कार्य रोकिएको एक सूचना जारी गर्दै कार्यालयले जनाएको छ ।

सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर वैदेशिक रोजगार खुला गरेसँगै पछिल्ला केही दिनयता कार्यालयमा श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्दै गएको थियो ।

कार्यालयले यही असोज १ देखि १३ गतेसम्म दुई हजार ९२७ पुरुष र १८९ महिला गरी तीन हजार ११६ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्