ढलको पानी छिर्दा भरतपुर अस्पताल जलमग्न • Image Khabar Image Khabar


ढलको पानी छिर्दा भरतपुर अस्पताल जलमग्न


Imagekhabar
९ आश्विन २०७७, शुक्रबार ०९:०७

ढलको पानी छिर्दा भरतपुर अस्पताल जलमग्न

चितवन । निरन्तरको वर्षाले ढलको निकास नहुँदा चितवनको भरतपुर सरकारी अस्पताल जलमग्न भएको छ ।

अस्पताल परिसर र विरामी उपचार कक्षमा पानी पसेको छ । अस्पतालको आकस्मिक कक्षलगायतका विभिन्न वार्डभित्र पनि पानी पसेको छ ।

ढल निकासका लागि महानगरपालिकाले दीर्घकालिन समाधान नगर्दा विरामी र चिकित्सक दुवैले सास्ती खेप्नु परेको छ ।

पानी पसेपछि बिरामी वेडमै बस्न वाध्य छन् भने चिकित्सकहरु बुट लगाएर विरामीको उपचारमा खटिएका छन् ।

अगाडिको सडक कालोपत्रे भएको र अस्पतालको सतह सडकभन्दा तल रहेकाले भेल छिरेर अस्पताल जलमग्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्