सक्रिय संक्रमित २५ हजार भए पुनः लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस • Image Khabar Image Khabar


सक्रिय संक्रमित २५ हजार भए पुनः लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस


Imagekhabar
७ आश्विन २०७७, बुधबार १७:३६

सक्रिय संक्रमित २५ हजार भए पुनः लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं, असोज ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार सक्रिय संक्रमित भए पुनः लकडाउन गर्न सिफारिस गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ हजारभन्दा बढी सक्रिय संक्रमित भए व्यवस्थापन गर्न गाह्रो हुने भएकाले पुनः लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

बुधबार सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छन् ।

गत चैत ११ गतेदेखि सुरु भएको लकडाउन चार महिनापछि गएको साउनमा अन्त्य भएको थियो ।

त्यसपछि असोज पहिलो सातादेखि उपत्यकासहित कतिपय जिल्लामा निषेधाज्ञा जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्