२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कोरोनाको संक्रमण फैलिरहेका बेला अदुवा सेवन गर्दा के फाइदा ?


0
Shares

काठमाडौं । अदुवाको प्रयोग तरकारी वा चियामा रुघाखोकी लाग्दा गरिन्छ । यसले रुघाखोकी लाग्दा औषधिकै काम गर्छ ।

काँचो अदुवा मात्र होइन, सुकाएर पनि यसको प्रयोग गर्न सकिन्छ । जाडो मौसममा अदुवा राखेको चियाले धेरै फाइदा पुर्‍याउँछ ।

यसले शरीर न्यानो राख्नुका साथै घाँटीको खसखस, फ्लुसँगै देखिने अन्य रोगबाट समेत जोगाउँछ ।

न्यानो प्रकृतिको भएकाले जाडोमा यसको उपयोग प्रभावकारी हुन्छ । मौसमी रुघाखोकीमा पनि अदुवाको उपयोग राम्रो हुन्छ ।

अदुवाले कोलस्टेरोल नियन्त्रण गर्नुका साथै रक्तचाप नियन्त्रणमा पनि सघाउँछ ।

यसमा हुने क्रोमियम, म्याग्नेसियम तथा जिंकले रगत प्रवाहलाई राम्रो गर्छ ।

यसको नियमित सेवनले ह्दयाघात र मस्तिष्कघातको जोखिममा कमी आउँछ ।

यतिबेला कोरोना भाइरसको संक्रमणबाट जोगिन अदुवाको प्रयोग ब्यापक रुपमा भइरहेको छ ।