Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


अब सबै प्रयोगशालामा पीसीआर परीक्षणको शुल्क दुई हजार


0
Shares

काठमाडौं, भदौ २८ । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस अघि ४ हजार ५ सयमा हुदै आएको परीक्षण शुल्क घटाएर दुई हजार तोकेको छ ।

अन्र्तराष्ट्रिय बजारमा नै पीसीआर परीक्षणको शुल्क घटेको भन्दै नेपालमा पनि यसको शुल्क घटाइएको बताइएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सबै प्रयोगशालाहरुले अब दुई हजारमा पीसीआर परीक्षण गराउनु पर्ने बताउनुभयो ।

नेपालमा सुरुवाती चरणमा ५ हजार ५ सयमा पीसीआर परीक्षण मूख्य तोकिएको थियो ।

यस्तै स्वास्थ्य मन्त्रालयले वंगलादेवाट प्राप्त संक्रमितको उपचारमा प्रयोग गरिने रेमडिसिभर नामक औषधी प्रयोग गर्न सूचिकृत भएका अस्पतालहरुको विरामीको चाप अनुसार वितरण गर्नका लागि आवश्यक विवरण वुझाउन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाइ निर्देशन दिएको छ ।

मन्त्रालयले एम्बुलेन्सहरुलाई विरामी मात्र वोक्न भन्दै एम्बुलेन्स अन्य कामका लागि प्रयोग गरिए दर्ता नै खारेज हुने समेत जनाएको छ ।