काठमाडौंमा कोरोनाको कारण थप एकको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमित मध्ये थप दुई जनाको मृत्यु भएको छ । काठमाडौंमा ६७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौंका ती पुरुषको ललितपुर जावलाखेलस्थित अल्का अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
संक्रमित पुरुषको उपचारका क्रममा हिजो साँझ ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो सहित नेपालमा कोरोना संक्रमित मध्ये मृत्यु हुनेको संख्या ३०८ पुगेको छ