आयुर्वेदिक औषधिको सेवनले कोरोना निको भयो भन्ने भ्रम नछर्न आग्रह • Image Khabar Image Khabar


आयुर्वेदिक औषधिको सेवनले कोरोना निको भयो भन्ने भ्रम नछर्न आग्रह


Imagekhabar
१८ भाद्र २०७७, बिहीबार १७:३८

आयुर्वेदिक औषधिको सेवनले कोरोना निको भयो भन्ने भ्रम नछर्न आग्रह

काठमाडौं, भदौ १८ । नरदेवी आयुर्वेदिक चिकित्सालयले कोरोनाको औषधि र खोप पत्ता नलागेको समयमा आयुर्वेदिक औषधिको सेवनले कोरोना निको भयो भन्ने भ्रम नछर्न सबैलाई आग्रह गरेको छ ।

सामाजिक सञ्जालहरुमा आयुर्वेदिक औषधिले संक्रमण निको बनाएको जस्ता भ्रम छर्ने सूचनाहरु आएको भन्दै यस्ता अफवाह नफैलाउन आग्रह गरेको हो ।

चिकित्सालयका प्रमुख डा. प्रदिप केसीले महामारी नियन्त्रण गर्न के गर्न सक्छौ भन्ने सोच्न तर नचाहिने हल्ला भने नफैलाउन आग्रह गर्नुभयो ।

केही आयुर्वेदिक औषधिहरु कोरोना रोगमा प्रयोग भए तापनि सोही औषधीले नै निको बनाएको हो भन्ने भ्रम नफैलाउन उहाँको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्