
म्याग्दी । ग्रामीण क्षेत्रमा कोरोना भाइरसबाट जोगिन वेवास्ता गरेको पाइएको छ ।
चेतनाको अभावले यस क्षेत्रका स्थानीय सामान्य अवस्थामा जस्तै दिनचर्या बिताइरहेका छन् ।
मानिसहरुको बढी भीडभाड हुने पश्चिम म्याग्दीका कतिपय स्थानीय तहका वडा कार्यालयमा सावुन पानी, मास्क र सेनिटाइजरको व्यवस्था गरिएको छैन ।
यता जिल्ला सदरमुकाम बेनीबजारमा भने कोरोना संक्रमण रोक्नका लागि उच्च सर्तकता अपनाइएको छ । स्थानीय प्रशासनले म्याग्दी प्रवेश गर्ने सम्पूर्ण नाकाहरु बन्द गरेको छ ।
झोलुङ्गे पुलमा फलामे वार लगाएर ताल्चा लगाइएको छ । मास्क नलगाइ बजारमा हिँड्डुल गर्नेलाई नियन्त्रणमा लिएर सचेत बनाउने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्