प्यूठानमा सुविधासम्पन्न आइसोलेसन कक्ष स्थापना • Image Khabar Image Khabar


प्यूठानमा सुविधासम्पन्न आइसोलेसन कक्ष स्थापना


Imagekhabar
१६ भाद्र २०७७, मंगलवार १३:४२

प्यूठानमा सुविधासम्पन्न आइसोलेसन कक्ष स्थापना

प्युठान । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि प्यूठानमा सुविधासम्पन्न आइसोलेसन कक्ष स्थापना गरिएको छ ।

लक्षणसहितका संक्रमतिलाई बाहिरी जिल्लाका आइसोलेसनमा पठाउनु पर्ने बाध्यता भएकाले जिल्लामा पहिलो पटक ५० बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको हो ।

जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको पहलमा प्यूठान नगरपालिका–४ विजुवारस्थित जेष्ठ नागरिक संरक्षण केन्द्रमा आइसोलेसन कक्ष तयार गरिएको प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।

केन्द्रमा आवश्यकता अनुसार ७० बेडसम्म राख्नेगरि तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्