
काठमाडौं । ललितपुरको धोविघाटस्थित मेघा अस्पतालले समेत कोरोनाको उपचार गर्न थालेको छ ।
सरकारले मेघा अस्पताललाई समेत कोभिड अस्पतालमा सूचीकृत गरेसँगै उपचार थालेको हो ।
कोरोना महामारीसम्बन्धि आन्तरिक निर्देशिका अनुसार नेपाल सरकारको सचिवस्तरीय निर्णयले मेघालाई सूचीकृत गरेको हो ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको आपतकालीन कार्यसञ्चालन केन्द्रले सूचीकृत अस्पतालको हैसियतमा व्यवस्थापन गर्न भनेको छ ।
अहिले पनि मेघाले ५५ जनाको टेक कियर गरिरहेको जनाएको छ ।
यसअघि कोरोना महामारी फैलिरहेकै समयमा धेरै अस्पतालले अहिले सामान्य विरामीको उपचार गर्न मानिरहेका थिएनन् ।
मेघा अस्पिटलले सात हजार पर्ने होलबडी जाँच समेत ३५ सयमा गरेर बरिष्ठ फिजिसियनबाट निःशुल्क परामर्श समेत दिइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्