पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ सहित ७४३ जनामा कोरोना संक्रमण, मृतकको संख्या १५७ पुग्यो • Image Khabar Image Khabar


पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ सहित ७४३ जनामा कोरोना संक्रमण, मृतकको संख्या १५७ पुग्यो


Imagekhabar
८ भाद्र २०७७, सोमबार १६:५५

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ सहित ७४३ जनामा  कोरोना संक्रमण, मृतकको संख्या १५७ पुग्यो

कामठाडौं, भदौ ८ । पछिल्लो २४ घण्टामा ७४३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबारसम्म कुल संक्रमितको संख्या ३२ हजार ६७८ रहेका छन् । पछिल्लो २४ घण्टामा १७५ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै विगत २४ घण्टामा थप ८ मृतकमा कोरोना पुष्टि भएको छ।

यसरी मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला,रुपन्देहीकी ६७ वर्षीया महिला, रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय पुरुष छन् ।

यो सहित हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १५७ पुगेको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्