चितवनमा थप ३ जनामा कोरोना पुष्टि • Image Khabar Image Khabar


चितवनमा थप ३ जनामा कोरोना पुष्टि


Imagekhabar
२७ श्रावण २०७७, मंगलवार ११:५८

चितवनमा थप ३ जनामा कोरोना पुष्टि

चितवन । चितवनमा थप ३ जनामा कोरोना पुष्टि भएको छ । भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा गरीएको परीक्षणमा तीन जनामा कोरोना पुष्टि भएको हो ।

प्रयोगशालाकी प्रमुख डाक्टर नीतु अधिकारीले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ८ र ११ का दुई जना पुरुष र १ जना महिलामा कोरोना देखिएको बताउनुभयो ।

त्यस्तै बुटवल भैरहवाका ८ जना पुरुष र २ जना महिलामासमेत संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्