वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको आज निधन • Image Khabar Image Khabar


वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको आज निधन


Imagekhabar
२१ श्रावण २०७७, बुधबार १३:४७

वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको आज निधन

वीरगञ्ज । वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

ज्वरो आएको र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी गए राति ९ बजे अस्पताल भर्ना भएका थिए । उनको आज बिहान ६ बजे मृत्यु भएको नारायणी अस्पतालका डा निरज सिंहले जानकारी दिनुभएको छ ।

उनको हिजो मात्र कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । मृतक मधुमेहका बिरामी रहेको समेत बताइएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्