Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ


0
Shares

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट चारीको ४ वटा मोटरसाइकल समेत वरामद गरीएको छ ।

पक्राउ पर्नेहरुमा जिल्लाको इच्छाकामना गाउँपालिकाका रामबहादुर गुरुङ, कालिका नगरपालिकाका योगेश वाइवा र पदमपुरका सुरज गुरुङ रहेका छन् ।

उनीहरुलाई जिल्ला अदालत चितवनबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाईएको छ ।