झापामा ३०४ जनाले कोरोनालाई जिते • Image Khabar Image Khabar


झापामा ३०४ जनाले कोरोनालाई जिते


Imagekhabar
१४ श्रावण २०७७, बुधबार १८:२०

coronavirus

झापा, साउन १४ । झापामा कोरोना संक्रमितमध्ये ३०४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय झापाकाअनुसार १२ हजार ८०९ जनाको कोरोना परीक्षण भएकोमा ३५१ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमितमध्ये ४७ जना अझै उपचाररत् छन् ।

पछिल्लो समय झापामा कोरोना संक्रमणको संख्या बढ्दै गएपनि उपचारपछि निको भएर घर फर्कनेको संख्या धेरै छ ।

झापामा कोरोना संक्रमितमध्ये अधिकांश भारतलगायतका देशबाट आएका नागरिक छन् ।

प्रतिक्रिया दिनुहोस्