Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


सिन्धुपाल्चोकमा कोरोना संक्रमित शून्य


0
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा कोरोना संक्रमण शुन्य भएको छ । उपचाररतहरुमा कोरोना संक्रमण निको भएपछि आजका दिनमा सिन्धुपाल्चोक संक्रमणमुक्त जिल्ला भएको हो ।

जिल्ला अस्पतालका प्रमुख दुर्गादत्त चापागाईका अनुसार जिल्लामा कोरोना संक्रमण पुष्टि भएका ६५ जना मध्ये २ जनाको दुखद निधन भएको र बाँकी ६३ जनाले कोरोना लाई जित्न सफल भएकाले आजका दिनमा सिन्धुपाल्चोकमा कोरोना संक्रमण मुक्त भएको हो ।

प्रमुख चापागाईले कोरोना विरुद्धको लडाइँमा प्रत्यक्ष अप्रत्यक्ष योगदान पुर्‍याउनुहुने सबैप्रति आभार व्यक्त गर्नुभएको छ ।

आज शुन्य संक्रमणको अवस्था भएपनि पुनः संक्रमण देखिन सक्ने जोखिम कायम नै रहेकाले थप सचेतना अपनाउदै सामाजिक दुरी कायम राख्ने, भिडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग गर्ने, बारम्बार साबुनपानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्न पनि चापागाईले सबैलाई सुझाउनुभएको छ ।