अमेरिकाको केही शहरहरुमा संघीय सुरक्षाबल तैनाथ गर्ने ट्रप्पको तयारी • Image Khabar Image Khabar


अमेरिकाको केही शहरहरुमा संघीय सुरक्षाबल तैनाथ गर्ने ट्रप्पको तयारी


Imagekhabar
८ श्रावण २०७७, बिहीबार ०७:००

अमेरिकाको केही शहरहरुमा संघीय सुरक्षाबल तैनाथ गर्ने ट्रप्पको तयारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपराधिक गतिविधि बढिरहेका केही राज्यहरुमा संघीय सुरक्षाबल तैनाथ गर्ने निर्णय गर्नुभएको छ ।

अमेरिकाको न्युयोर्क, फ्लोरिडा, लस एन्जलस र मिलवाकी शहरहरुमा बन्दुक आतंक बढेपछी ट्रम्पले यो निर्णय गरेको बुझिएको छ ।

ओरेगन राज्यको पोर्टल्याण्ड शहरमा तैनाथ गरिएको संघीय सुरक्षाबलका कारण त्यहाँ हुने गरेको प्रर्दशन झनै उत्तेजक बनेको आरोप लागिरहेको छ ।

आलोचकहरुले राष्ट्रपति ट्रम्पले आफनो चुनावी अभियानमा सहयोग पु¥याउने उद्देश्यले यो निर्णय गरेको टिप्पणी गरेका छन् ।

गत २५ मेमा जर्ज फ्लोइडको मृत्यु प्रकरण पछी जारी प्रदर्शन र हिंसाका कारण जारी प्रदर्शन अहिले पनि मत्थर नभएको अवस्थामा ट्रम्पको यो निर्णय सार्वजनिक भएको हो ।

ट्रम्पले आफ्नो चनावी प्रत्यासी जो बाईडेन र उहाँको दल डेमोक्रेटिकको पकड क्षेत्रलाई निशाना बनाएर संघिय सुरक्षाबल तैनाथी गरेको आरोप लागिरहेको छ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्