
काठमाडौं, साउन ४ । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा १ सय ६० जना नेपालीले ज्यान गुमाएका छन् ।
गैरआवासिय नेपाली संघ एनआरएनए का अनुसार यस साता मात्रै थप १६ जना नेपालीको निधन भएको छ ।
संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८, कुवेतमा ३, र युएईमा ५ जनाको निधन भएको छ ।
कतारमा निधन भएका ८ जना मध्ये २ जनाको निधन हुनु भन्दा पहिला कोरोना पुष्टि भएको र बाँकी ६ जनाको निधन पछि कोरोना पोजेटिभ देखिएको संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।
गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्ण रुपमा कोरोना मुक्त भएका छन् ।
संघका अनुसार जम्मा कोराना संक्रमित मध्ये ९३ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
हालसम्म विभिन्न मुलुकमा समस्यामा परेका २९ हजार ७ सय ८० जनाको नेपालीको उद्धार भएको पनि संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्