काठमाडौं उपत्यकामा थपिए २८ जना कोरोना संक्रमित • Image Khabar Image Khabar


काठमाडौं उपत्यकामा थपिए २८ जना कोरोना संक्रमित


Imagekhabar
२३ असार २०७७, मंगलवार १६:५९

काठमाडौं उपत्यकामा थपिए २८ जना कोरोना संक्रमित

काठमाडौं, असार २३ । काठमाडौं उपत्यकामा मंगलबार थप २८ जनामा कोरोना भाइस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

मंगलबार काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाकारी दिनुभयो ।

सोमबार ५४ जनामा कोरोना भाइसको संक्रमण देखिएको थियो भने आइतबार ३० जनामा संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्