स्वास्थ्य क्षेत्रको समग्र विकास तथा सुदृढीकरणका लागि मन्त्रालय तयार : मन्त्री ढकाल • Image Khabar Image Khabar


स्वास्थ्य क्षेत्रको समग्र विकास तथा सुदृढीकरणका लागि मन्त्रालय तयार : मन्त्री ढकाल


Imagekhabar
२२ असार २०७७, सोमबार १७:०५

स्वास्थ्य क्षेत्रको समग्र विकास तथा सुदृढीकरणका लागि मन्त्रालय तयार : मन्त्री ढकाल

काठमाडौं, असार २२ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन र प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधाहरुमा अनुसन्धान हुन जरुरी रहेको बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं राष्ट्रिय शिखर सम्मेलनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री ढकालले स्वास्थ्य क्षेत्रको समग्र विकास तथा सुदृढीकरणका लागि स्वास्थ्य मन्त्रालय तयार रहने बताउनुभयो ।

हालसम्म नेपाल सरकारबाट भइरहेको कार्यलाई आमजनताले सहयोग गर्दै आएका र भविष्यमा सरकारको तर्फबाट आवश्यकताअनुसार थप कार्यक्रमहरु गराउँदै जाने योजना लिएको र त्यसका लागि सबैले एकजुट भएर महामारीविरुद्ध लड्न पनि मन्त्री ढकालले आह्वान गर्नुभयो ।

हवाई माध्यमबाट आउनेहरुका कारण आगामी दिनमा काठमाडौं उपत्यकामा कोरोनाको थप जोखिम बढ्ने सम्भावना रहेकाले मन्त्रालयले जारी गरेका सूचनाहरुलाई पालना गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्