
लमजुङ । लमजुङको बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेसनमा उपचार गराएका ५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
पीसीआर प्रविधिबाट कोरोना संक्रमण भएको पुष्टि भएपछि संक्रमितहरुलाई क्वारेन्टिनबाट लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
उनीहरुको थ्रोट स्वाब कोरोना परीक्षणका लागि पोखरा पठाइएको थियो । सोमबार थ्रोट स्वाबको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
यस्तै लमजुङमा थप तीन महिलामा संक्रमण भेटिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । संक्रमित हुनेमा बेसीसहर नगरपालिका–९, मध्यनेपाल नगरपालिका–६ र मध्यनेपाल नगरपालिका–६ का महिला रहेका छन् ।
उनीहरुलाई आइसेलसनमा ल्याउने तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले जानकारी दिनुभयो । लमजुङमा कूल संक्रमित संख्या १९ पुगेको छ भने आइसोलेसनमा १४ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्