
प्युठान, असार १५ । प्यूठानमा सोमबार थप १६ जनाले कोरोना संक्रमण जितेर घर फर्किएका छन् ।
नौबहिनी गाउँपालिका ६ बहानेको क्वारेन्टिनमा बसेका उनीहरुले कोरोना जितेर घर फर्किएका हुन् ।
उनीहरुको दोस्रो पटक स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको नौबहिनी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
योसँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्