१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


यातायातका दुई कर्मचारी सहित सवारीसाधन चोरीमा संलग्न पक्राउ


0
Shares

कैलाली । यातायात व्यवस्था कार्यालय धनगढीका दुई कर्मचारी सहित सवारी साधन चोरी र कागजात कित्र्ते प्रकरणमा संलग्न गिरोहलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले सवारी साधन चोरी र कागजात कित्र्ते प्रकरणमा संलग्न यातायातका दुई जना कर्मचारी सहितको गिरोहलाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार उक्त गिरोहमा संलग्न यातायात व्यवस्था कार्यालय धनगढीमा सहयाक कम्प्युटर अपरेटर पदमा कार्यरत जितेन्द्र राना र कार्यालय सहयोगी गणेश भट्टराई पक्राउ परेका हुन ।

यस्तै उक्त गिरोहमा संलग्न कैलाली र कञ्चनपुरका विभिन्न स्थानका थप ८ जना पनि पक्राउ परेको दावी स्रोतको छ ।

उनीहरु मोटरसाइकल लगायतका सवारी साधन चोरी र नक्कली कागजपत्र बनाएर विक्री गर्ने काममा लामो समयदेखि सक्रिय रहेको बुझिएको बताइएको छ ।

उनीहरुबाट ८ वटा मोटरसाइकल समेत बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन मार्फत पक्राउ परेकाहरुलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।