
म्याग्दी । म्याग्दीमा थप एक महिलामा डेङ्गु पोजेटिभ देखिएको छ । जिल्लाको मंगला गाउँपालिका–५ छिस्बाङ्गकी ६७ बर्षिया महिलामा डेङ्गु पोजेटिभ देखिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो ।
उनलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । महिलामा उच्च ज्वरो आउने , टाउको दुख्ने ,शरिर दुख्ने लगायतका लक्षण देखा परेको थियो । यो सिजनमा मात्र डेङ्गु संक्रमितको संख्या १७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्