२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कोरोना अस्पतालमध्य ७ वटामा मात्र आकस्मिक सेवा


0
Shares

काठमाडौं, असार १४ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरसको उपचारमा तोकिएका अस्पताल मध्ये ७ वटा अस्पतालले मात्र कोभिड विरामीका लागि आकस्मिक सेवा तोकेको जनाएको छ ।

सरकारले कोरोना भाइरसको उपचार गराउन तोकेका ३० वटा अस्पतालहरुमा गरेको अध्ययनले २३ अस्पतालले संक्रमितको विरामीका लागि आकस्मिक सेवा दिएको जनाएको हो ।

अनुसन्धानले २० वटा अस्पतालमा मात्र सघन उपचार कक्ष उपलव्ध गराएको , १७ वटा अस्पतालमामा आईसियु र भेन्टिलेटर सहितको सुविधा, शंकास्पद केसका लागि २५ वटा अस्पतालमा आइसोलेसन कक्ष रहेको जनाएको हो ।

९५ वटा कोभिड क्लिनिक मध्ये ३ प्रतिशतमा मात्र पीसीआर परीक्षण सुविधा रहेको पनि अध्ययनले देखाएको छ ।