२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


प्यूठानमा दुईजना प्रहरीमा कोरोना


0
Shares

प्यूठान, असार १३ । प्यूठानमा दुईजना प्रहरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाको माण्डवी गाउँपालिका देवीस्थान प्रहरीचौकीमा कार्यरत् दुईजना प्रहरीमा शनिबार कोरोना संक्रमण पुष्टि भएको माण्डवी गाउँपालिकाले जनाएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको ‘पीसीआर’ परीक्षणमा उनीहरुमा कोरोना ‘पोजिटिभ’ देखिएको हो ।