३० असार २०८२, सोमबार | Tue Jul 15 2025


५५४ जना कोरोना संक्रमित थपिए, ७७ ओटै जिल्लामा संक्रमण


0
Shares

काठमाडौं, असार १३ । नेपालमा पछिल्लो २४ घन्टामा ५५४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

योसँगै संक्रमितको कुल संख्या १२ हजार ३०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका ७७ ओटै जिल्लामा संक्रमण देखिएको जानकारी दिनुभयो ।

रसुवाका आठ महिला र एकजना पुरुषमा संक्रमण देखिएसँगै ७७ ओटै जिल्लामा कोरोना पुष्टि भएको उहाँले बताउनुभयो ।

कोरोनाबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ ।

शनिबार बिहान कैलालीका ५० वर्षीय एक पुरुषको भरतपुर अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा १३६ जना संक्रमित उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई हजार ८३४ पुगेको छ ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 2077.03.13

Press Briefing on COVID-19 2077.03.13#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Saturday, June 27, 2020