
पाल्पा, असार १२ । पाल्पामा शुक्रबार थप ७७ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश प्रयोगशाला रुपन्देही र विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा रामपुर नगरपालिकामा ७५ जना र तानसेन नगरपालिकामा २ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रीकृष्ण भट्टराईले जानकारी दिनुभयो ।
योसँगै पाल्पामा संक्रमितको संख्या ४ सय ४६ पुगेको छ ।
यसैगरि पाल्पामा शुक्रबार १६ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् ।
जिल्लामा कोरोना जितेर घर फर्किनेको संख्या १६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्