
बिराज रोस्यारा (इमेज)
कैलाली, असार ११ । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत् प्रहरी निरीक्षक र एकजना कानुन व्यवसायी ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले बिहीबार कैलालीमा कार्यरत् प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कैलालीका कानुन व्यवसायी हिमालयविक्रम विष्टलाई पक्राउ गरेको हो ।
अख्तियार कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले विशेष सूचनाको आधारमा कानुन व्यवसायी विष्टको धनगढीस्थित फर्ममा छापा मारेको बताउनुभयो ।
सोक्रममा उनीहरु दुवैजनालाई ५० हजार घुससहित रंगेहात पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।
जबर्जस्ती करणी र सार्वजनिक हितविरुद्धका दुईओटा ‘मुद्दा मिलाइदिन्छु’ भन्दै उनीहरुले ५० हजार घुस लिएको सूचना अधिकारी विष्टको भनाइ छ ।
कानुन व्यवसायी विष्टले बिचौलियाको भूमिका खेलेको र घुस रकम बुझ्न प्रहरी निरीक्षक विष्ट पनि कानुन व्यवसायीको फर्ममा आएको समयमा पक्राउ गरिएको विष्टले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्