१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


प्रोत्साहन भत्ता नपाएको भन्दै चिकित्सक आन्दोलनमा


26
Shares

सुर्खेत, असार ११ । कर्णाली प्रदेश अस्पतालका चिकित्सकहरुले प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएको भन्दै आन्दोलन गरेका छन् ।

अस्पतालका आठौं तहका चिकित्सकहरुले प्रोत्साहन भत्ता पाउनुपर्ने माग गर्दै आकस्मिक सेवा बाहेकको काम नगर्ने घोषणा गर्दै आन्दोलन गरेका हुन् ।

कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न सरकारी स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकहरुका लागि मंसिरदेखि लागु हुने गरी कर्णाली प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो ।

तर चालु आर्थिक वर्ष सकिन लाग्दा पनि नपाएपछि आन्दोलन गर्न बाध्य भएको प्रदेश अस्पतालका डाक्टर प्रकारश वलीले जानकारी गराउनुभएको छ ।

अन्य चिकित्सकले भत्ता पाए पनि आठौं तहका मेडिकल अधिकृतले भने नपाएको भन्दै आन्दोलन गरेका हुन ।

उनीहरुले निर्णय तत्काल कार्यान्वयन नभएसम्म सेवामा नफर्कने अडान लिएका छन् ।

कर्णाली प्रदेश अस्पतालमा अहिले ५६ जना चिकित्सक कार्यरत रहेका छन ।

तीमध्ये आधाभन्दा बढी आठौं तहका मेडिकल अधिकृत हुन ।