
काठमाडौं, असार ११ । काठमाडौं उपत्यकामा बिहीबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ४ जना, भक्तपुरमा ४ जना र ललितपुरमा १ जनालाई कोरोना संक्रमण देखिएको हो ।
काठमाडौंमा २ महिला, २ पुरुष, भक्तपुरमा १ महिला, ३ पुरुष र ललितपुरमा १ जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्