‘आइसोलेसन’मा कोरोना संक्रमितद्वारा शिशुको जन्म • Image Khabar Image Khabar


‘आइसोलेसन’मा कोरोना संक्रमितद्वारा शिशुको जन्म


Imagekhabar
११ असार २०७७, बिहीबार १७:०३

‘आइसोलेसन’मा कोरोना संक्रमितद्वारा शिशुको जन्म

डम्मर बुढामगर (इमेज)

बागलुङ, असार ११ । कोरोना संक्रमित एक युवतीले बागलुङस्थित धौलागिरि अस्पतालको ‘आइसोलेसन’ कक्षमा शिशु जन्माउनुभएको छ ।

ढोरपाटन नगरपालिका–८ की १९ वर्षीया युवतीले बिहीबार आइसोलेसनमा छोरा जन्माएको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्रबी पोखरेलले जानकारी दिनुभयो ।

अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको डा. पोखरेलको भनाइ छ ।

ती युवतीलाई कोरोना संक्रमण पुष्टि भएपछि यही असार ७ गते अस्पतालमा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्