
फाइल तस्वीर।
काठमाडौं, असार ११ । कोरोना भाइरसको संक्रमणका कारण पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ ।
बिहीबार पाटन अस्पतालमा उपचाररत ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
केही समय अगाडि मिर्गौला प्रत्यारोपण गरिएका उनलाई संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।
यस्तै बुधबार राती मात्रै पोखरामा उपचाररत स्याङ्जाका ५५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्