Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


अमेरिकामा कोराना महामारीले भयावह स्थिती निम्तने चेतावनी


0
Shares

काठमाडौं । अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ तथा कोरोना भाइरस टास्क फोर्सका शीर्ष अधिकारी डा.एन्थोनी फाउचीले पछिल्लो समय देशमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढी रहेकोले यसले भयावह स्थिती निम्तने चेतावनी दिनुभएको छ ।

लकडाउनसहितका उपायहरुमा छुट दिइएका बेला अमेरिकाका केही राज्यमा पछिल्ला दिनमा संक्रमण र गम्भीर बिरामी परेर अस्पताल भर्ना हुनेहरुको संख्या बढिरहेको बेला एन्थोनीको यो चेतावनी दिनुभएको छ ।

साथै उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको परीक्षण कम गर्न आफूले सुझाव नदिएको पनि बताउनुभएको छ ।

गएको शनिबार राति ओक्लोहोमामा भएको चुनावी सभामा ट्रम्पले अमेरिकाले धेरै परीक्षण गरेकाले संक्रमण धेरैमा देखिएको वताउँदै सम्बन्धित अधिकारीहरुलाई परीक्षण कम गर्न आग्रह गर्नुभएको डा. फाउची नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजका निर्देशक समेत रहेका हुनुहुन्छ ।

डा. फाउची सहितको शीर्ष स्वास्थ्य अधिकारीको टोलीले महामारीमा अमेरिकाको कामबारे संसदीय समितिले गरिरहेको छानबिनका क्रममा बयान दिनुभएको हो ।

कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म कोभिड १९ बाट एक लाख २० हजार भन्दा बढीको ज्यान गईसकेको छ ।(एजेन्सी)