३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


सभापति देउवा भारत प्रस्थान, भारतका शिर्ष नेताहरुसँग भेट्ने


0
Shares

काठमाडौं, बैशाख ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत गएका छन् । श्रीमती आरजुको स्वास्थ्य उपचारका लागि भन्दै देउवा आज नयाँ दिल्ली गएका हुन् ।

आरजु भने यसअघि नै दिल्ली गइसकेकी छिन् । दिल्ली प्रस्थान गर्नुअघि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले भारतमा रहँदा केही राजनीतिक दलका नेताहरुसँग पनि छलफल गरिने बताए ।

सभापति देउवाले सत्तारुढ र विपक्षी दुवै दलका नेताहरुसँग छलफल गर्ने बताइएको हो । नेपालमा संविधान जारी भएपछि भारत असन्तुष्ट रहँदै आएको छ ।

देउवाले आफ्नो दिल्ली बसाईका क्रममा त्यहाँका राजनीतिक दलका नेताहरुसँग भारतको असन्तुष्टिलगायतका विषयमा पनि छलफल गर्ने बताइएको छ । दिल्ली जानुअघि सभापति देउवाले मधेसी मोर्चाका केही नेताहरुसँग परामर्शसमेत गरेका थिए ।