Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


बालेन्द्र नेतृत्वको सरकारको आयु धेरै लामो छैन: व्यवसायी प्रसाई

सरकार दशैंसम्म मात्रै टिक्ने जिकिर

26
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बालेन्द्र शाह नेतृत्वको सरकारको आयु धेरै लामो नभएकाे बताउनुभएकाे छ।

व्यवसायी प्रसाईले आइतबार भक्तपुरस्थित आफ्नै घरमै पत्रकार सम्मेलन गर्दै यस्तो बताउनुभएकाे हाे । उहाँले शाह नेतृत्वको सरकार दशैंसम्म मात्रै टिक्ने दावी समेत  गर्नुभयाे । उहाँले यो सरकार जुन बाटो आएको त्यही बाटो जाने जिकिर गर्नुभएकाे छ।

उहाँले भन्नुभयाे,-‘दशैँसम्म हेर तिमीहरू । दशैँसम्म टिकाओ । जुन बाटो आएको थियौ, त्यही बाटो जान्छौँ । जुन तरिकाले बम बारुदको धुलो र आगोको लप्का थियो नि, त्यही तरिकाले तिमीहरू जाँदैछौ’,सिकाएको तिमीहरूले नै हो । अर्काको घरमा आगो लगाउन तिमीहरूले नै सिकाएका होइनौँ ? ’

व्यवसायी प्रसाईले  आफूलाई भँडुवा भन्दै सरकारले धरपकड गरिरहेको बताउँदै फसाउन लागिरहेको थाहा पाएकाले त्यो सफल नहुने पनि बताउनुभयाे। उहाँले यो व्यवस्थाले नागरिकलाई आफैँमाथि पेट्रोल खन्याएर मर्न बाध्य बनाएको समेत बताउनुभएकाे छ।

गृहजिल्ला झापाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइतबार आउनासाथ निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने भन्दै व्यवसायी प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिई भक्तपुरको ठिमीस्थित घरमा लगेर छाेडेको थियो ।