
काठमाडौं, बैशाख ६ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रको किचलोका कारण भ्रातृ संगनठको निर्वाचन हुन नसकेको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।
नेपाल विद्यार्थी संघको ४७ औं स्थापना दिवसको सन्दर्भमा आज राजधानीमा भएको कार्यक्रममा नेता सिंहले भ्रातृ संगठनको निर्वाचन हुन नसक्दा पार्टीले गति लिन नसकेको बताएका हुन् ।
उनले निर्वाचन गर्न नेतृत्वले चासो नराखेको भन्दै एक वर्षभित्रमा सबै भ्रातृ संगनठनको निर्वाचन गर्न नेतृत्वसँग आग्रह गरे ।
नेता सिंहले सरकारको समेत आलोचना गरे । उनले जनताको अभिमत गुमाएको सरकारको कुनै औचित्य नरहेको दाबी गरे ।
नेता सिंहले अहिलेकै अवस्थामा नेपाली कांग्रेस सरकारमा जान नसक्ने बताए । उनले केही नेताहरु सरकारमा जान हतार गरिरहेकोमा असन्तुष्टि व्यक्त गरे ।
त्यस क्रममा नेवि संघका नेताहरुले भने विद्यार्थी संगठनको निर्वाचनको मिति तोक्ने नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्