
काठमाडौं, साउन १२ । नेपालमा ‘पहिलोपटक’ चिरफार नगरी मुटुको सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।
गोंगबुस्थित ग्रीनसिटी अस्पतालमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको टिमले धादिङ ज्यामरुका १६ वर्षीया श्रीषा कार्कीको काखीबाट प्वाल पारी मुटुको शल्यक्रिया गरेको हो ।
डा. भट्टराईले मुटुको शल्यक्रियाका लागि नेपालीहरु वर्षेनि ठूलो संख्यामा विदेश जाने गरेको भन्दै अब नेपालमा पनि सस्तोमै आधुनिक सेवा दिन सकिने बताए ।
अस्पतालले बुधबार आयोजना गरेको कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहालले डा. भट्टराईलाई सम्मान गरे ।
सो अवसरमा दाहालले ‘अब कुराभन्दा काम गर्ने समय आएको भन्दै राष्ट्रिय एकतालाई राष्ट्र निर्माणको संकल्पमा बदल्न जरुरी छ’–भने ।
त्यस्तै, कांग्रेस नेता डा. रामशरण महतले नयाँ–नयाँ आविष्कार गर्नेहरुलाई प्रोत्साहन गर्नसके देशले उन्नति गर्नसक्ने धारणा राखे ।
नेकपा एमालेका नेता लालबाबु पण्डितले सामान्य रोगको उपचारका लागि नेताहरु विदेश जाने गर्दा समस्या पैदा भएको बताए ।
प्रतिक्रिया दिनुहोस्