पहिरोले नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


पहिरोले नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध


0
Shares

चितवन, साउन १४ । चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ ।

गएराति परेको वर्षासँगै सडकखण्डअन्तर्गत चण्डिभन्ज्याङ–५ मा पहिरो गएपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाउने काम शुरु भए पनि सडक सञ्चालन गर्न केही समय लाग्ने चितवन प्रहरीले जनाएको छ । पानी परिरहेका कारण पहिरो गइरहेकाले सडक सुचारु गर्न समस्या भएको हो ।