
काठमाडौं, साउन १७ । संसारभर धर्मगुरु फेतुल्लाह गुलेनविरोधी अभियान संचालन गरेको टर्कीले नेपालमा पनि त्यो समूहको उपस्थिति रहेको भन्दै नियन्त्रण गरिदिन आग्रह गरेको छ ।
टर्कीले अन्य मुलुकमा जस्तै नेपालमा पनि गुलेन समूहले विद्यालय तथा व्यापारिक संस्था संचालन गरेको तथा उसका समर्थकहरु रहेको भन्दै कारवाहीको अपेक्षासहित नेपाललाई पत्राचार गरेको एक उच्च अधिकारीले बताए ।
टर्की सरकारले फेतुल्लाहका समर्थकहरुले दुई साता अगाडी मुलुकमा ‘कु’ को प्रयास गरेको भन्दै उसका गतिविधि नियन्त्रण गर्न संसारभर नै कुटनीतिक पहल गरेको छ । दिल्लीस्थित टर्कीका राजदुतले केही दिनअघि गुलेन समूहको गतिविधि नियन्त्रण गर्न नेपाल सरकारलाई पत्र लेखेको नेपाली अधिकारीले जानकारी दिए ।
१५ जुलाइमा टर्कीमा असफल सैन्य विद्रोह भएको थियो ।
टर्कीले गरेको आग्रह हाल गृहमन्त्रालयमा पुगेको र के गर्ने भन्ने विषयमा विचार भइरहेको ती अधिकारीले बताए ।
फेतुल्लाहका समर्थकले नेपालमा एक स्कुल संचालन गर्नुका साथै केही सामाजिक कार्यसमेत संचालन गरिरहेका छन् । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्