
काठमाडौं, साउन १७ । प्रथम धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास च्याम्पियनसिप आजबाट सुरु भएको छ ।
ललितपुरको सातादोबाटोस्थित स्क्वास कोर्टमा सुरु भएको प्रतियोगिता ६ दिन चल्नेछ । नेपाल स्क्वास एण्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगितालाई स्वर्गीय धनलक्ष्मी महर्जनको परिवारले प्रायोजन गरेको छ ।
महर्जन परिवारले आगामि तीन वर्षसम्मका लागि प्रायोजन सम्झौता गरेको छ । तीन वर्षपछि फेरी यसलाई अझ सुधारेर अन्तराष्ट्रिय स्वरुप दिने प्रयास गरिने स्वर्गीय धनलक्ष्मी महर्जनका सुपुत्र किशोर महर्जनले जानकारी दिए ।
आगामी शनिबारसम्म चल्ने प्रतियोगितामा विभिन्न ६ विधामा ८० खेलाडी सहभागी छन् । प्रतियोगिताको तीन संस्करणको लागि महर्जन परिवारले कम्तिमा ६ लाख रुपैयाँको प्रायोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्