Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


राधिकाले भनिन् – ‘खरानी ग्याङ’ ले सम्मानको अर्थ नबुझ्नु स्वभाविकै हो


0
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले ‘खरानी ग्याङ’ र ‘टीओबी ग्याङ’को नेतृत्वमा बनेको सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाउनुभएको छ ।

बालकोटस्थित ओली निवासमा भएको घटनालाई समेटेर तयार पारिएको ‘स्मृतिमा बालकोट घर सपनाको भग्नावशेष’ स्मृति पुस्तिका सार्वजनिक कार्यक्रममा बोल्दै शाक्यले चुनावपछि बनेको सरकारको पहिलो निर्णय नै ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गर्नु रहेको दाबी गर्नुभएको हो ।

उहाँकाअनुसार नयाँ सरकार गठन भएपछि दिउँसो सुदन गुरुङ गृहमन्त्री बनेको खबर आएलगत्तै आफूले ओलीलाई तत्काल गिरफ्तार गरिने आशंका गर्नुभएको थियो ।

त्यसपछि ठूलो संख्यामा प्रहरी परिचालन गरेर रातको समयमा बालकोट क्षेत्रलाई घेराबन्दी गरी ओली र लेखकलाई पक्राउ गरिएको उहाँको आरोप छ । त्यसको केही समयमै ठूलो संख्यामा प्रहरी बल परिचालन गरी रातको समयमा पूरै गाउँ नै कब्जा गरेर ओली र लेखकलाई गिरफ्तार गरिएको शाक्यको दाबी छ ।

उहाँले उक्त घटनालाई प्रतिशोधको राजनीतिको संज्ञा दिनुभयो । शाक्यले भन्नुभयो, ‘खरानी ग्याङको ग्याङले सम्मानको अर्थ नबुझ्नु पनि स्वाभाविकै हो ।

उनीहरूलाई सम्मान भनेको के हो भन्ने सायद थाहा छैन । दिउँसो सुदन गुरुङ भन्ने गृहमन्त्रीमा नियुक्त भयो रे भन्ने कुरा सुन्नासाथ मैले त शंका गरेको थिएँ, अब तुरुन्तै यिनीहरूले केपी सरलाई गिरफ्तार गर्छन् भनेर ।’

शाक्यले त्यस क्रममा ओली निवासमा खानतलासी हुने हल्ला फैलाएर परिवार र स्थानीयवासीमा समेत आतंक सिर्जना गरिएको आरोप लगाउनुभयो ।