२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


गंगामायाले दिइन् सरकारलाई पाँचदिने ‘अल्टिमेटम’, यस्तो छ चेतावनी (भिडियोसहित)


0
Shares

                                                           फाइल फोटो
काठमाडौं, साउन २१ । छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै वीर अस्पतालमा लामो समयदेखि अनशनमा रहेकी गंगामाया अधिकारीले सरकारलाई पाँचदिने अल्टिमेटम दिएकी छन् ।

हत्याको आरोप लागेका छविलाल पौड्यालाई पुर्पक्षका लागि थुनामा राखी कारबाही गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएको भन्दै गंगामायाले पाँचदिने अल्टिमेटम दिएकी हुन् ।

शुक्रबार वीर अस्पतालमै पत्रकार सम्मेलन गरी उनले आफ्नो अल्टिमेटमको बेवास्ता गरे पानी पनि नपिइ आमरण अनशन बस्ने चेतावनी दिइन् ।

गंगामायाका श्रीमान् नन्दप्रसादको दुई वर्षअघि अनशनकैक्रममा निधन भएको थियो ।

माओवादी कार्यकर्ताले २०६१ सालको जेठमा चितवनमा गंगामायाका छोरा कृष्णप्रसादको हत्या गरेका थिए ।

भिडियो हेर्नुहोस्