भतिजालाई बचाउन खोज्दा काका–भातिजा दुबैको ज्यान गयो • Image Khabar Image Khabar


भतिजालाई बचाउन खोज्दा काका–भातिजा दुबैको ज्यान गयो


Imagekhabar
२६ श्रावण २०७३, बुधबार ००:११

भतिजालाई बचाउन खोज्दा काका–भातिजा दुबैको ज्यान गयो

                                                                 फाइल फोटो

सिरहा, साउन २५ । सिरहाको धनगढीमाइ नगरपालिका–१२ विष्णुपुरकट्टीमा मंगलबार इनारमा निस्सासिएर काका–भतिजाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जागेश्वर मण्डल र उनका काका रामविलास मण्डल छन् ।

इनारभित्र झरेको बाल्टी निकाल्न पसेका जागेश्वर निस्सासिएर चिच्याएपछि उनलाई बचाउन पसेका रामविलासको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

थोरै पानी भएकाले अक्सिजनको कमी रहेको र उनीहरु बेहोस भएर पानीमा झरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्