२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


दुईओटा हेलिकोप्टर पर्वतमा एकसाथ आकस्मिक अवतरण


0
Shares

लक्ष्मीप्रसाद सापकोटा (इमेज)
पर्वत, साउन २६ । मौसममा खराबी आएपछि पर्वत सदरमुकाम कुश्माबजारमा बुधबार दुईओटा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ ।

मुस्ताङको लेतेबाट पोखरातर्फ फर्कंदै गरेका मनाङ एअरका दुई हेलिकोप्टर बुधबार दिउँसो १२ बजे आकस्मिक अवतरण गरिएको हो ।

कुश्माबजारस्थित सशस्त्र प्रहरी बलको चन्डिका गणमा रहेको खेल मैदानमा हेलिकोप्टर अवतरण गराइएको हो ।

मनाङ एअरको ‘९ एनएलडी’ र ‘९ एनएलसी’ कलसाइन भएका हेलिकोप्टर मौसम खराबी भएकाले आकस्मिक अवतरण गर्नुपरेको क्याप्टेन प्रकाश सेढाइँले जानकारी दिए ।

वर्षा र बाक्लो कुहिरोका कारण होलिकोप्टर आकस्मिक अवतरण गर्नुपरेको उनले जानकारी दिए । दुबै हेलिकोप्टरमा दुई–दुईजना नेपाली यात्रु सवार थिए ।