
रसुवा, साउन २७ । पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाको धुन्चेदेखि स्याफ्रुसम्मको बीच भागमा पहिरो जाँदा चार दिनदेखि सडक अबरुद्ध भएको छ ।
पहिरोसँगै ठूलो ढुङगा सडकमा खसेको र पन्छाउन नसकेकाले सडक अबरुद्ध भएको हो । स्थानीय प्रशासनले सडकमा झरेको पहिरो पन्छाउन खोजेपनि ठूला चट्टान भएकाले सुचालु गर्न सकिएको छैन ।
स्याफ्रु गाविस वडा नं. ४ सानो भार्खुमा सोमबार झरेको ठूलो चट्टान फुटाउन नसक्दा सडक खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताए ।
नेपाली सेनाले उक्त चट्टान विष्फोट गरी सडक सुचालु गर्ने प्रयास गरिरहेको छ । राजमार्ग अबरुद्ध हुँदा केरुङबाट नेपाल र नेपालबाट केरुङतर्फ आवतजावत गर्ने सबै खाले सवारी साधन बन्द भएको छ ।
प्रतिक्रिया दिनुहोस्