यात्रुबस दुर्घटना हुँदा गर्भवती महिलासहित ७ जना घाइते • Image Khabar Image Khabar


यात्रुबस दुर्घटना हुँदा गर्भवती महिलासहित ७ जना घाइते


Imagekhabar
२७ श्रावण २०७३, बिहीबार २२:५३

यात्रुबस दुर्घटना हुँदा गर्भवती महिलासहित ७ जना घाइते

बैतडी, साउन २७ । दशरथचन्द राजमार्गअन्तर्गत् बैतडी–डडेल्धुराको सीमानजिक विहीबार मध्याह्न बस दुर्घटना हुँदा गर्भवती महिलासहित सातजना घाइते भएका छन् ।

घाइते हुनेमा बैतडी शिवलिंग–३ की २२ वर्षीया नन्दादेवी बोहरा, बैतडी पुरचौडीका २६ वर्षीय वीरेन्द्र साउद र ३८ वर्षीय जनक साउद रहेका छन् ।

बझाङ स्याडी–१ की २८ वर्षीया लक्ष्मी खड्का, बझाङ स्याडी–१ का २६ वर्षीय नरेश खड्का, बझाङ स्याडी– ४ का २६ वर्षीय कृत बोहरा र बझाङ दौलीचौरका–७ का लोकेन्द्रबहादुर बोहरा पनि घाइते भएका छन् ।

घाइतेमध्ये बझाङ स्याडी–१ की लक्ष्मी खड्काको अवस्था गम्भीर रहेको घटनास्थलबाट प्रहरी जवान गणेश विष्टले राससलाई जानकारी दिए ।

लक्ष्मी गर्भवतीसमेत रहेको र उनको सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार हुन नसक्दा कैलाली पठाइएको प्रहरी बताएको छ । अरु घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरा उपचार भइरहेको छ ।

धनगढीबाट बझाङका लागि छुटेको सुदूरपश्चिम यातायातको ना४ख ६४८६ नम्बरको बस मध्याह्न १२ः३० बजे बैतडी डडेल्धुराको सीमानजिक भालुमारेमा दुर्घटनामा परेको हो ।

अर्को गाडीलाई बाटो छाड्दा चिप्लेर बस दुर्घटनामा परेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्