
काठमाडौं, साउन २७ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा जनजातिका विषयमा समाचार लेख्ने पत्रकारहरुलाई पुरस्कृत गरेको छ ।
फोनिजले विहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा छापा माध्यमबाट मीरा राजभण्डारी अमात्य, अनलाइन माध्यमबाट देवकुमार सुनुवार र रेडियो माध्यमबाट बुद्ध योञ्जन तामाङलाई पुरस्कृत गरियो ।
पुरस्कारको राशी जनही २० हजार रुपैयाँ रहेको छ ।
पुरस्कृत तीनैजनाले पुरस्कारको आधा रकम फोनिजकै भवन निर्माणका लागि दिने घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्