२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


गंगामाया बचाउकर्ताले दिए बालुवाटारमा धर्ना, केही पक्राउ


0
Shares

काठमाडौं, साउन ३० । लामो समयदेखि छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाही गर्न माग गर्दै अनसनमा रहेकी गंगामाया अधिकारीको जीवनरक्षाको माग गर्दै प्रदर्शन गरिएको छ ।

प्रधानमन्त्री निवास वालुवाटार अगाडी नागरिक समाजलगायत विभिन्न पेशामा आवद्ध व्यक्तिहरुले एक घण्टा धर्ना दिएका हुन् ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले केही धर्नाकारीलाई बालुवाटारस्थित राष्ट्र बैंक कार्यालयअगाडिबाट पक्रेर महेन्द्र पुलिस क्लवमा लगेको छ ।

उनीहरुले कृष्णप्रसाद अधिकारीको हत्यारालाई पक्राउ गर्न अदालतले दिइसकेको आदेश पालना नभएको भन्दै दोषीलाई तत्काल कारवाही गर्न माग गरेका हुन् ।

सरकारले अपराधीलाई कारवाही नगरी राजनीतिक संरक्षण गरेको गुनासो धर्नाका सहभागीहरुको थियो ।

धर्नामा रहेकाहरुले सर्वोच्चको फैसलाको सम्मान गर्न र मानवअधिकार उल्लंघनमा दोषी किटानी भएका बालकृष्ण ढुङ्गेललगायतलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गरेका थिए ।

सोही बाटो हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल अर्को कार्यक्रममा जानुपर्ने भएपछि धर्नाकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।