१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


कालीमाटी क्षेत्रमा भइरहेको सडकविस्तारको विरोध


0
Shares

काठमाडौं, साउन ३० । काठमाडौं उपत्यका सडक बिस्तार पीडित संघर्ष समितिले कालीमाटी क्षेत्रमा भइरहेको सडक विस्तारको विरोध गरेको छ ।

आइतबार बिहान कालीमाटी चोकमा सभा गरेर उनीहरुले विरोध जनाएका हुन् । मुआब्जा नै नदिई सडक विस्तारका नाममा व्यक्तिको घर भत्काइएको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

संविधानले दिएको अधिकार विपरीत सरकारले व्यक्तिको सम्पत्तिमाथि हस्तक्षेप गरेको भन्दै उनीहरु ११ बुँदे मागसहित आन्दोलनमा उत्रेका हुन् ।